स्वास्थ्य शिक्षामा सबैकाे पहुँच पुर्‍याउन राष्ट्रपतिकाे आग्रह (भिडिओ)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी हुन् ।

स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित गरेको भन्दै उनले स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि विशेष ध्यान दिनुपर्ने धारणा राखिन् । राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले अधिकतम लाभ लिनुपर्ने उल्लेख गरिन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले संस्थानअन्तर्गत प्रतिदिन बहिरङ्ग सेवामा दुई हजार ३०० र अन्तरङ्ग सेवामा ७०० जनाले उपचार लिइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *