नाडा अध्यक्षकाे प्रश्न – सुन र सुपारी अत्यावश्यक हुने, सवारी साधन विलासितामा पर्ने नीति किन ?

काठमाडौँ । नाडा अटाेमाेबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी साधनमा आयातमा सरकारले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सुन र सुपारी जस्ता वस्तु अत्यावश्यकीय वस्तुको रूपमा आयात भइरहेको भन्दै यातायात तथा ढुवानीका लागि नभई नहुने सवारी साधनलाई विलासिताको वस्तुको रूपमा राखिनु राम्रो नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यो देशका नीति निर्माताहरुका लागि सुन र सुपारी जस्ता वस्तु अत्यावश्यक वस्तु भित्र पर्छन र आयातमा कुनै रोकावट हुँदैन तर जुन वस्तु नहुँदा कर्मचारीहरू कार्यालयसम्म पुग्न सक्दैनन, जसकाे बिना उद्योगधन्धा तथा व्यवसाय सञ्चालन गर्न सकिँदैन, जुन वस्तु नहुँदा जनताले खाने खाद्यान्न बजारसम्म पुग्दैन, जसकाे बिना आम मानिसहरू एक ठाउँबाट अर्को स्थानसम्म पुग्न सक्दैनन, त्यस्तो वस्तु अर्थात ‘सवारी साधन’ अत्यावश्यक वस्तुमा पर्दैन, विलासिता र अनुत्पादक वस्तुमा गनिन्छ र आयातमा प्रतिबन्ध लगाइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =