मृतकका नाममा पोखरा महानगरले दियो भत्ता, फिर्ता गर्न मलेपकाे निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले मृतकका नाममा समेत सामाजिक सुरक्षा भत्ता निकासा दिएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा महानगरले मृत्यु भइसकेका व्यक्तिको नाममा ११ लाख ६० हजार रुपैयाँ भत्ता वितरण गरेको पाइएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले नै लगत कट्टा गरिसकेका मृतकको बैंक खातामा रकम दिएको उल्लेख छ । यहाँका १० वटा वडाका मृतकको नाममा निकासा दिइएको र उक्त रकम असुल गरी संघ सरकारको खातामा फिर्ता गर्न निर्देशन दिएको हो । ‘मृत्यु दर्ता तथा लगत कट्टापश्चात् १० वडाको लाभग्राहीको खातामा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको छ । बढी भुक्तानी भएको रकम फिर्ता गर्नुपर्दछ,’ रिपोर्टमा भनिएको छ ।

सरकारले मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता लिएर कर्मचारीले नै लिँदै आएका घटना बढेपछि सबै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी दिने गरी अनिवार्य व्यवस्था गरेको छ । महानगरले पनि विभिन्न बैंकसँग सम्झौता गरेर भत्ता बाँड्दै आएको छ ।

यस्तै, पूर्व मेयर मानबहादुर जिसीले नगर कार्यपालिका बैठकबाट पारित गराएर वितरण गर्दै आएका भत्ता समेत अवराेध भनिएको छ । जिसीले २०७४ मा निर्वाचित भएपछि पदस्थापनकै दिन सबै लाभग्राहीलाई २ सय रूपैयााका दरले थप भत्ता दिने निर्णय गरेका थिए । ५ वर्षमा १२ करोडभन्दा बढी भत्ता वितरण गरिसकेको छ ।

उक्त वर्ष महानगरले ३ करोड ६३ लाख भत्ता वितरण गरेको तियो । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १५ (२) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि संघीय सरकारबाट प्राप्त भत्तामा स्थानीय सरकारले आफ्नो कोषबाट बढी भत्ता दिन नपाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *