निवर्तमान मेयर अधिकारीलाई एमालेले कारबाही गर्‍यो

पोखरा । स्याङ्जा स्थित गल्याङ नगरपालिकाका निवर्तमान मेयर भूपराज अधिकारीलाई एमाले स्याङ्जा कमिटीले कारबाही गरेको छ । स्थानीय निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोपमा उनलाई कारबाही गरिएको हो ।

गत वैशाख ३० को निर्वाचनमा गल्याङमा पार्टी जिल्ला अध्यक्ष समेत रहेका सूर्यप्रसाद गैह्रे मेयरको उम्मेदवार दिए । उनी माओवादीबाट नेकपा हुँदै विभाजनको समयमा एमालेमै रहेका हुन् । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको बताइएको छ ।

यसअघि २ पटक स्पष्टीकरण सोधिएको र अधिकारीले स्पष्टीकरण समेत नदिएको अध्यक्ष गैह्रेले विज्ञप्ति मार्फत भनेका छन् । असार २० गते ३ दिनभित्र र २८ गते २ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो । अधिकारीले देखिने गरी अन्तर्घात गरेको भन्दै नगर कमिटीबाटै कारबाही हुनुपर्ने आवाज आएपछि प्रमाणका आधारमा कारबाही गरिएको अध्यक्ष गैह्रेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =