एमाले उपमहासचिवसहित केन्द्रीय नेतामाथि लाग्यो अन्तर्घातकाे आरोप, छानबिनको माग

पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहित प्रभावशाली नेतामाथि छानबिन गर्न माग गरिएको छ । स्थानीय निर्वाचनमा अन्तर्घात भएको भन्दै उनीहरूमा नेतामाथि छानबिन गर्न माग गरिएको हो ।

कास्की एमालेका सदस्यहरू तथा मेयर उपमेयरका उम्मेदवारहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस्ताे आग्रह गरेका छन् ।

उनीहरूले उपमहासचिव गुरुङसहित सचिव पद्या अर्याल, केन्द्रीय सदस्य जगत विक, केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज भीम कार्कीमाथि आवश्यक छानबिनको माग गरेका छन् । एमाले जिल्ला तहका नेताहरूले अध्यक्ष ओलीलाई भेटेरै जानकारी दिएका हुन् । योसँगै उनीहरूले स्थानीय निर्वाचन ताका सार्वजनिक भएका अडियो र अन्य शंकास्पद काम विवरणको रूपमा उल्लेख गरेका छन् ।

कास्कीमा उपमहासचिव गुरुङको एउटा समूह छ भने केन्द्रीय सदस्य खगराज अधिकारीको काउण्टर समूह छ । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुन्छ । पार्टीको पालिकास्तरीय निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्म त्यसको असर देखिएको थियो ।

पोखरा महानगरपालिकाको निर्वाचनमा गुरुङ निकटका दीपक पौडेलले मेयरको टिकट पाएपछि अधिकारी पक्षका नेता कार्यकर्ताहरूले पुराना भिडिओहरू सार्वजनिक गरेर टिकट खोसेको आरोप छ । पौडेलको टिकट मनोनयन अघि अधिकारी निकटका कृष्ण थापाले पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *