ओलीलाई नारायणकाजीको प्रस्ताव : ‘तुम शेर तो हम सवाशेर नगराैँ, वाम तालमेल गराैँ’
२०७९ असार ३२ गते

फाइल फोटो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष वामपन्थी तालेमलकाे प्रस्ताव गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीमा बाेल्दै उनले तुम शेर तो, हम सवाशेर छाडेर वामपन्थी तालमेलतर्फ अग्रसर हुन प्रस्ताव गरेका हुन् ।
उनले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरू भएको बताउँदै एकताका लागि नेताहरूलाई आत्मसमीक्षा गर्न समेत आग्रह गरेका छन् ।
उनले भने, ‘देश सिध्याउने काम नगरौँ । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ । सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’
तालमेल गरेर अघि नबढे वामन्थीहरू सिध्दिने दिशातिर जाने उनकाे भनाइ थियाे ।
२०७९ असार ३२ गते
प्रतिक्रिया








