आपूर्तिमन्त्री बडूले गरे पेट्रोलियमको मूल्य बढ्ने संकेत

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा अझै मूल्य बढाउनुपर्ने बाध्यता भएकाे बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले अन्तर्राष्ट्रिय बजारमै पेट्रालियम पदार्थकाे मूल्य वृद्धि भएका कारण मूल्य बढाउनुपर्ने बाध्यता रहेकाे बताएका हुन् ।

उनले भने, “पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पादन भएको अवगत नै छ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धि भएको छ । त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता छ ।’

त्यस्तै उनले महँगीका कारण उपभाेक्तामा परेकाे असरबारे जानकार रहेकाे बताउँदै पेट्राेलियममा कर घटाएर भए पनि महँगी घटाउने प्रयास भइरहेकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *