पार्टी पुनर्गठनको विकल्प रहेन : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार राति विज्ञप्तिमार्फत अध्यक्ष भट्टराईले यस्ताे बताएका हुन् । उनले भनेका छन्, ‘यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन ।’

हेर्नुहोस् प्रेस वक्तव्य

जसपा, नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्ने तहसम्म पुगेको कुरा सबैलाई ज्ञात नै छ । केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८-२९ गते सम्पन्न भएको छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ ।

उता उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ ।

हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।

डा. बाबुराम भट्टराई
अध्यक्ष
सङ्घीय परिषद्,
जनता समाजवादी पार्टी, नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =