थप २२९ जनामा काेराेना संक्रमण, झण्डै १३ सय आइसोलेसनमा

काठमाडौँ । नेपालमा थप २ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परीक्षणका क्रममा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =