गण्डकीका स्थानीय तहमा साढे २ अर्ब बेरुजु

पोखरा । गण्डकी प्रदेशका स्थानीय तहमा साढे २ अर्ब बेरुजु थपिएको छ । ८५ वटा पालिका रहेका यहाँ आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ३५ करोड बेरुजु देखिएको हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार पोखरा महानगरपालिकाको मात्रै ५४ करोड बेरुजु थपिएको हो ।

सबैभन्दा कम मनाङको नार्पाभूमि गाउँपालिकाको ७ लाख २८ हजार मात्रै बेरुजु देखिएको छ । यस्तै, १९ पालिकामा १ करोड भन्दा कम बेरुजु छ । बाँकी सबै पालिकामा १ करोड भन्दा बढी बेरुजु रहेको छ ।

स्याङ्जाको कालीगण्डकी, हरिनास, लमजुङको दूधपोखरी, म्याग्दीको रघुगंगा, मंगला, अन्नपूर्ण, धवलागिरि, मुस्ताङको लोघेकर र लोमान्थाङ, मनाङको नासों, पर्वतको महाशिला, जलजला, नवलपुरको हुप्सेकोट, बौदीकाली, तनहुँको भीमाद, माग्दे, गोरखाको अजिरकोट र कास्कीस्थित मादी गाउँपालिकाको १ करोड भन्दा कम बेरुजु रहेको हो ।

यी पालिकाहरूले त्यस वर्ष ५२ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेका थिए भने ५० अर्ब ६९ करोड खर्च गरेका थिए । यस्तै, गण्डकी प्रदेश सरकारको पनि यो वर्ष ५२ करोड बेरुजु थपिएको छ ।

त्यसमध्ये ९ करोड असुल गर्न महालेखाले निर्देशन दिएको छ । एउटै कामका लागि धेरैतिरबाट बजेट पर्ने र योजनामा दोहोरोपना हुने समस्या गण्डकीमा अत्यधिक बढेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *