नागरिकता विधेयक संसद्‌मा निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय छ । ११ औँ अधिवेशनको ४१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक बस्नेछ ।

आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =