अन्नपूर्ण केबुलकार एक साता बन्द हुने
२०७९ असार ३० गते

पोखरा । पोखराको अन्नपूर्ण केबुलकार एक साता बन्द हुने भएको छ । नियमित मर्मतका लागि केबुलकार बन्द गर्न लागिएको हो । असार ३१ देखि साउन ६ गतेसम्म केबुलकार बन्द हुने सूचना जारी गरिएको छ ।
साउन ७ गतेदेखि नियमित सञ्चालनमा आउनेछ । पोखरामा गत फागुन ६ गतेदेखि औपचारिक रूपमा पहिलो पटक केबुलकार सञ्चालनमा आएको हो ।
पोखराको सेदीदेखि सराङकोटसम्म २.५ किलोमिटर लामो केवलकार निर्माण अन्नपूर्ण केवलकार कम्पनीले गरेको हो ।
२०७९ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित









