कैलालीका स्थानीय तहमा ७४ करोड बढी बेरुजु, घोडाघोडीमा धेरै

धनगढी । आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७र७८ मा ७४ करोड ५ लाख ६१ हजार रकम बेरुजु देखिएको हो ।

जिल्लामा सबैभन्दा बढी रकम घोडाघोडी नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा १५ करोड ७९ लाख ३६ हजार रुपैयाँ बेरुजु छ । सबैभन्दा कम बेरुजु जोशीपुर गाउँपालिकामा देखिएको छ । यहाँ १ करोड ८६ लाख ७५ हजार रुपैयाँ बेरुजु छ ।

यसै गरी धनगढी उपमहानगरपालिकामा १० करोड ५१ लाख ६५ हजार, गोदावरी नगरपालिकामा ६ करोड ९२ लाख ७४ हजार, टीकापुर नगरपालिकामा ६ करोड ६७ लाख १ हजार, भजनी नगरपालिकामा ५ करोड ७२ लाख ८८ हजार रकम बेरुजु देखिएको छ ।

लम्कीचुहा नगरपालिकामा ५ करोड ६३ लाख १८ हजार, गौरीगङ्गा नगरपालिकामा ४ करोड १९ लाख १२ हजार, मोहन्याल गाउँपालिकामा ४ करोड ८४ लाख १ हजार, चुरे गाउँपालिकामा ३ करोड ५६ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यसै गरी बर्दगोरीया गाउँपालिकामा २ करोड ५४ लाख ४५ हजार, जानकी गाउँपालिकामा २ करोड ५७ लाख ४ हजार र कैलारी गाउँपालिकामा ३ करोड २० लाख ८३ हजार रकम बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *