सरकारले हतियार किन्ने निर्णय गरेकाे छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हतियार किन्ने निर्णय नगरेको बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बाेल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।सदस्यहरूले देशमा डलरको सञ्चिती घटेकाे अवस्थामा प्रहरीकाे हतियार किन्नु राम्राे नहुने उल्लेख गरेपछि प्रधानमन्त्री देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेकाे बताए ।

बैठकमा अर्जुननरसिंह केसी र अन्तिममा बोलेका गोपालमान श्रेष्ठले यसबारमा कुरा उठाएका थिए । श्रेष्ठले हतियार किन्न लागेको हो भने सरकारले रोक्नुपर्ने भनेपछि देउवाले उनलाई रोकेर भने, ‘हतियार किन्ने कुरा कहाँ छ ? हतियार किन्ने कुरा सरकारले गरेको छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =