सरकारलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो भनी प्रश्न गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् ।

‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ सांसद पोखरेलको प्रश्न छ । उनले विवाह गरेर आउने बित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे ।

‘कहाँ छ आउने बित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तीमा ४/५ वर्ष छ,’ उनले भने । सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउने बित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौँ र एउटा निष्कर्षमा पुगौँ ।’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ वर्ष पछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था सहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।

नयाँ विधेयकमाथि संसद्मा छलफल सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =