सवारी दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

विराटनगर । सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका सुनसरीको वराहक्षेत्र नगरपालिका–३ भरौलमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशातर्फ जाँदै गरेका साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट वराहक्षेत्र नगरपालिका–५ का ६० वर्षीय दुखिलाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका–४ मा आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा बोलेरोमा सवार ९ जना घाइते भएका मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागी धरानको बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा कटारी नगरपालिका–१३ का १८ वर्षीय विष्णु राउतको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। अन्य घाइतेको अस्पताल उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *