गोकर्णेश्वरबाट खैरो हिरोइनसहित तामाङ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट १४.६६ ग्राम लागुऔषध (खैरो हेरोइन)सहित तेह्रथुम सुङनाम गाउँपालिका–४ घर भएका २६ वर्षीय दीपक तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गोकर्णेश्वर–८ अत्तरखेलमा मासु पसल सञ्चालन गरेर बसेका तामाङलाई मासु पसलबाटै लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले तामाङसँग १४.६६ ग्राम खैरो हिरोइन, तीन थान मोबाइल, सुनको सिक्री एक थान, चाँदीको ब्रासलेट एक थान, मोटरसाइकल एक थान, घडी एक थान र नगद रु आठ हजार बरामद गरेको छ ।

पक्राउ तामाङलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी प्रहरीवृत्त बौद्धबाट अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *