बिग डिजिटलले ल्यायो ‘इलेक्ट्रोनिक्स सामान’ बुझ्ने अवसर

काठमाडौँ । बिग डिजिटल युनिभर्स प्रालिले एउटै छानामुनि ग्राहकले विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानबारे बुझ्न सक्ने गरी इलेक्ट्रोनिक्स आउटलेट सञ्चालनमा ल्याएको छ । हाल ललितपुरको ग्वार्कोमा सञ्चालनमा ल्याएको बिग डिजिटल आउटलेटमा ग्राहकले विभिन्नको ब्रान्डका इलेक्ट्रोनिक्स सामानबारे जान्ने अवसर पाउने छन् ।

‘हामीले सामान बेच्नुभन्दा पनि कुन सामान लिँदा ठिक हुन्छ भनेर ग्राहकले निर्णय लिन सकुन् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘हामी सामान बाक्सामा बन्द गरेर राख्दैनौँ । खोलेर सबै ब्राण्डका सामानबारे जान्ने, बुझ्ने र कुन सामान किन्दा आफ्नो पैसाको पूरा मूल्य उठाउन सकिन्छ भनेर निर्णय लिन सक्ने बनाउँछौँ ।’ नेपालमा हालसम्म यो अवधारणमा कुनै पनि इलेक्ट्रोनिक्स आउटलेट सञ्चालनमा नआएको उनले बताए ।

‘यो हाम्रो इलेक्ट्रोनिक्स रिटेल स्टोर हो,’ उनले भने, ‘हामीले निकै ठूलो क्षेत्रफल अर्थात् ८ हजार देखि १० हजार स्क्वायर फिटमा विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरु डिस्प्ले राखेका छौँ । यो यस्तो आउटलेट हो हामीले एकसाथ धेरै ओटा ब्रान्डका धेरै उत्पादन एकसाथ अनुभव गर्न सक्ने, हेर्न सक्ने गरी यो आउटलेटको डिजाइन गरेको छौँ ।’

एकै छानामुनी धेरै सामान पाएको अवस्थामा ग्राहकले धेरै ठाउँमा घुम्नुपर्ने झण्झटबाट मुक्ति पाउने समेत उनले बताए ।

‘ग्वार्कोमा यो हाम्रो पहिलो स्टोर हो,’ उनले भने, ‘अब अर्को दुईदेखि ३ महिनाभित्रमा हामीले अरु तीन ठाउँमा तीन स्टोर सञ्चालनमा ल्याउने छौँ । दशैँअघि नै ती स्टोर सञ्चालनमा ल्याउने छौँ । पर्वको अवसरमा सञ्चालनमा ल्याइने ती स्टोरबाट हामीले ग्राहकको चाहना र भावनालाई सकेसम्म बढी बुझ्ने कोसिस गर्ने छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *