गण्डकी सरकारले ३ वर्षमा ५६ करोडका गाडी किन्यो
२०७९ असार २९ गते

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २० वटा गाडी किनेको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार ती गाडी किन्दा सरकारले ९ करोड ९९ लाख खर्च गरेको छ ।
त्यसअघिका २ वर्षमा गाडी मात्रै किन्न ४६ करोड ५० लाख खर्च गरेको थियो ।
सवारी साधन खरिद सँगै इन्धन खर्च समेत बढेकोले सवारी साधन खरिदको मापदण्ड बनाई व्यवस्थित गर्न महालेखाले निर्देशन दिएको छ ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित









