स्थानीय निर्वाचनमा राज्यबाट मानवअधिकार हननका घटना भए : केपी ओली
२०७९ असार २९ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन् ।
मानवअधिकार एलायन्सले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको बताएका हुन् ।
विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाई छ । ओलीले रेडक्रशमा अदालतको आदेश बिपरित प्रहरी पठाएर तमाशा गर्न खोजेको र डेमोक्रेशी र कानूनी राजको उपहास भएको तर्क गरे ।
अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिलेपनि मानवअधिकारको उलंघन नगर्ने स्पष्ट पारे ।
उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्ठासँग जोडिएको विषय भएको बताए ।
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








