सिंहदरबारभित्र के छ ?
२०७९ असार २८ गते

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सिंहदरबार परिसरभित्र डिजिटल डिस्प्ले जडान गरेको छ । सिंहदरबार परिसरबारे जानकारीमूलक सन्देश सहितको डिजिटल डिस्प्ले जडान गरेको कार्यालयले जनाएको छ ।
सिंहदरबारको दक्षिण गेटबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले उक्त डिस्प्लेमार्फत सिंहदरबारको बारेमा भिडियोसहितको जानकारी प्राप्त गर्न सक्नेछन् ।
सिंहदरबार परिसरमा रहेका निकायहरूको अवस्थिति लगायत महत्वपूर्ण गतिविधिहरू समेत डिस्प्लेमा राखिने कार्यालयका सु.इं मचाकाजी महर्जनले जानकारी दिए ।
२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








