बुद्धनगरबाट चोरिएको बाइक गोंगबुबाट प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकल सहित एक जनालाई काठमाडौँको गोङ्गबु चोकबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले सर्लाही हरिबन नगरपालिका वडा नं. १० सुकेपोखरी घर भई हाल काठमाडौँ कपन बस्ने वर्ष ३० को मनोज घिमिरेलाई माेटरसाइकल चाेरीकाे आरोपमा पक्राउ गरेकाे हाे ।

उनलाई काठमाडौँ बुद्धनगरबाट हराएको बागमती प्रदेश ०२-०२४ प ०१८९ नम्बरको रातो रङको २०० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएकाे ट्राफिक प्रहरी सहप्रवक्ता प्रहरी नायब उपरिक्षक बाल नरसिंह राणाले बताए ।

आरोपितले उक्त बाइककाे नम्बर परिवर्तन गरी चलाइरहेकाे खुल्न आएकाे समेत प्रहरीले जनाएकाे छ । उक्त बाइककाे वास्तविक नम्बर भने बागमती प्रदेश ०२-०२४ प ०१८९ रहेकाे खुल्न आएको सहप्रवक्ता राणाले जानकारी दिए । उक्त बाइक काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ७ घर भई हाल काठमाडौँ बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेकाे उनले बताए ।

नियन्त्रणमा आएको बाइकसहित पक्राउ परेका घिमिरेलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =