सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने, दुवै कम्पनीको कारोबार रोक्का

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी आपसमा मर्जरमा जाने भएसँगै धितोपत्र बजार यी कम्पनीहरूको सेयर कारोबार रोक्का भएको हो ।

असार २७ गते सिद्धार्थ र प्रिमियरबीच मर्जर सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सकिएपछि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ ।

बिमा समितिको गत चैत १० गतेको निर्देशनपछि बीमा कम्पनीहरू पनि उपयुक्त पार्टनर खोज्न र मर्जरमा जान दबाबमा छन् । बीमा समितिले एक वर्षभित्र निर्जीवन बिमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरूलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन गरेको छ ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *