नाबालिकाकाे तस्वीर प्रयाेग गरी चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको  अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका विकास भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको हाे ।

उनले नाबालिकाहरूको फेसबुक एकाउन्ट खोली अश्लील शब्द प्रयोग गरी पीडित नाबालिकाहरूको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाउने गरेकाे प्रहरीले जनाएकाे छ ।

उनीउपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =