प्रदेश १ : एकै महिनामा ११ अर्ब ८१ करोड खर्च

विराटनगर । प्रदेश १ मा बजेट सक्नकै लागि ठुलो रकम खर्च भएको देखिएको छ । प्रदेश १ सरकारले एक महिनामा कुल बजेटको ३४ प्रतिशत रकम खर्च गरेको देखिएको हो ।

आर्थिक वर्ष सकिँदै गर्दा एक महिनाको अवधिमा प्रदेश १ सरकारको खर्च प्रतिशत ८७ दशमलव १३ प्रतिशत खर्च पुर्‍याएको छ ।

जेठ १५ गते सम्म प्रदेशमा ५३ दशमलव ४८ प्रतिशत मात्र खर्च गरेको थियो । यो १ महिनाको बिचमा सरकारले ठुलो रकम खर्च गरेको छ । प्रदेश सरकारले जेठ १५ देखि असार २५ गतेसम्म ११ अर्ब ८१ करोड ४४ लाख ८२ हजार १६६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदेश १ मा जेठ १५ गतेसम्म कुल बजेट मध्ये १८ अर्ब ४७ करोड २३ लाख १८हजार ८सय ६८ रुपैयाँ खर्च भएको थियो । एक महिनाको अवधिमा खर्चको अंक बढेर ३० अर्ब २८ करोड ६८ लाख १ हजार ३४ रुपैयाँ २० पैसा पुगेको छ ।

एक महिनामा चालू भन्दा पुँजीगत खर्च धेरै भएको छ । एक महिनाको अवधिमा प्रदेशमा ७ अर्ब ७० करोड ३५ लाख २५ हजार ८२३ रुपैयाँ पुँजीगत शीर्षकको खर्च भएको छ ।

पुँजीगत तर्फ जेठ १५ गतेसम्म ९ अर्ब २४ करोड४९ लाख २४ हजार २७८ रुपैयाँ खर्च भएको थियो । एक महिनामा पुँजीगत तर्फ १६ अर्ब ८४ करोड८४ लाख ५० हजार १०१ रुपैयाँ खर्च भएको तथ्यांक प्रदेश लेखा नियन्त्रण कार्यालयको छ ।

जुन कुल पुँजीगत बजेटको ८९ दशमलव ८१ प्रतिशत खर्च हो । प्रदेश १ सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत तर्फ १८ अर्ब ७६ करोड ८ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यस्तै चालू तर्फ भने प्रदेश १ सरकारले एक महिनाको अवधिमा ४ अर्ब २१ करोड ९ लाख ५६ हजार ३४३ रुपैयाँ खर्च गरेको छ । जेठ सम्ममा ९ अर्ब २२ करोड ७३ लाख ९४ हजार ५८९ रुपैयाँ ५७ पैसा चालू खर्च भएकोमा एक महिनामा खर्च बढेर १३ अर्ब ४३ करोड ८३ लाख ५० हजार ९३२ रुपैयाँ पुगेको छ ।

जुन कुल बजेटको ८४.१५ प्रतिशत हो । प्रदेश १ सरकारले चालू आर्थिक वर्षका लागि १५ अर्ब ९६ करोड ९९ लाख ७८ हजार चालू बजेट विनियोजन गरेको थियो । एक महिनामा ठुलो रकम खर्च गरेको प्रदेश सरकार भने यस्तो खर्चलाई उपलब्धिको रूपमा लिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले नेपालकै अहिलेसम्मको सबैभन्दा बढी पुँजीगत खर्च प्रदेश १ ले गरेको दाबी गरे ।

एक महिनामा भएको खर्चका बारेमा भने उनले काम पहिलादेखि नै भएको तर भुक्तानी मात्रै यो महिनामा भएकाले खर्च एक महिनामा भएको जस्तो मात्रै देखिएको बताए । खर्च धेरै देखाउनको लागि पछिल्लो आर्थिक वर्ष सकिन भन्दा ८ दिन अघिसम्म पनि सरकारले रकमान्तर गरेको थियो ।

कुन मन्त्रालयमा कति खर्च

खर्चको प्रतिशत हेर्दा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको खर्च प्रतिशत कमजोर देखिएको छ । यो कार्यक्रम सबैभन्दा कम ४१ प्रतिशत खर्च गरेको छ । सबैभन्दा बढी आर्थिक मामिला तथा योजना मन्त्रालयले ९८ प्रतिशत खर्च गरेको छ ।

उद्योग श्रम तथा रोजगार मन्त्रालयले ७१.६० प्रतिशत, कृषि मन्त्रालयले ८०.४७ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । खानेपानी सिँचाई र ऊर्जाले ९२ दशमलव १२ प्रतिशत, आन्तरिक मामिला तथा कानुनले ७३ दशमलव ३४ प्रतिशत खर्च गरेको छ । पर्यटन तथा संस्कृति मन्त्रालयले ६५ दशमलव ४५ प्रतिशत, वन वातावरण र भू संरक्षणले ७७ दशमलव ६७ प्रतिशत, कृषि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ८१ प्रतिशत २२ प्रतिशत र सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ६२दशमलव ५९प्रतिशत बजेट खर्च गरेको देखिएको छ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले ८२ दशमलव ६३ प्रतिशत, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले ७५ दशमलव ७९ र स्वास्थ्य मन्त्रालयले ५३दशमलव१६ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *