बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *