कर्णाली प्रदेश सरकको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट पारित भएको छ ।

सोमबार बसेको कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेइसौं बैठकले बजेट पारित गरेको हो । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए ।

सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए । अब अर्को बैठक आगामी बुधवार दिउँसो तीन बजे बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *