गण्डकी सरकारका लागि १ रुपैयाँ दान माग्दै अनेरास्ववियु

काठमाडाैँ । गण्डकी सरकारलाई गिज्याउँदै अनेरास्ववियुले १ रुपैयाँ दान अभियान थालेकाे छ ।

गण्डकी प्रदेश सरकारका मन्त्रीले आफ्नै बा-आमाको नाममा ट्रष्ट बनाएर सरकारी बजेट छुट्याएपछि त्यसकाे विरोधस्वरूप अनेरास्ववियुले रु. १ संकलन सुरु गरेकाे हाे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफ्ना बा-आमाको नाममा ट्रष्ट खोलेर पैसा छुट्याउन लगाएका थिए ।

श्रेष्ठले पुननारायण धनकुमारी परोपकारी ट्रष्टमा २ शीर्षकबाट १ करोड र मुख्यमन्त्री पोखरेलले गोवर्द्धन शर्मा कोषमा ५० लाख छुट्याउन लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =