भ्रातृसंस्थाले तत्काल पूर्णता पाउनुपर्ने भन्दै सानेपामा कांग्रेस शीर्ष नेतृत्वविरुद्ध नाराबाजी

काठमाडौँ । भातृसंस्थाको तत्काल वैज्ञानिक पूर्णता हुनुपर्ने भन्दै नेपाली कांग्रेसका भातृसंस्थाहरुले सोमबार पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय समितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्ने क्रममा नेविसंघ, तरुण दल लगायत भातृसंस्थाले विधान कार्यान्वयनका लागि दबाब दिन भन्दै प्रदर्शन गरेका हुन् ।

शेखर कोइराला पक्षले गरेको विरोध प्रदर्शनमा सभापतिज्यूले पार्टी चलाउनुहोस्, नेविसंघ हामी आफै चलाउँछौ, विधानलाई मान्ने कि व्यक्तिलाई मान्ने, भातृसंस्था कांग्रेसलाई आवश्यक छ कि छैन लगायतका नारा लगाइएको थियो ।

बैठक स्थलमा सभापति शेरबहादुर देउवा पुगे लगत्तै कार्यकर्ताहरूले नाराबाजीसहित गाडी रोक्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको थियो ।

भ्रातृ संस्था बिना कुनै हस्तक्षेप पूर्णता दिनुपर्ने र पार्टीको विधान लागू गर्नुपर्ने भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =