बिहे गर्दा सांसद थापाले शुरू गरेको अक्षयकोषमा गण्डकी सरकारले दियो डेढ करोड

पोखरा । २०६६ सालमा गण्डकी प्रदेशकी सांसद पियारी थापाले विवाह गरिन् । उनले विवाह गर्दा साक्षीका रूपमा अक्षय कोष शुरू गरिन् । जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज आश्रमसँग विवाह गर्दा उनीहरूले गाउँमैत्री अक्षयकोष शुरू गरेका थिए ।

थापा अहिले जनमोर्चाबाट प्रदेश सांसद छन् । उनी सांसद बनेपछि उक्त अक्षयकोषमा प्रदेश सरकारले वर्षेनी बजेट छुट्याउन थाल्यो । हालसम्म ७० लाख विनियोजन भैसकेको छ भने आगामी वर्षका लागि थप ६० लाख विनियोजन गरिएको छ ।

उक्त कोषको अध्यक्ष हेमराज छन् भने कोषको संरक्षक थापा हुन् । आर्थिक वर्ष २०७७/०७८ मा १० लाख, चालु आर्थिक वर्ष २०७८/०७९ मा ५० लाखको काम गरिसकेका छन् भने आगामी आर्थिक वर्ष २०७८/०७९ मा दुई शीर्षकमा ७० लाख विनियोजन भएको हो ।

उक्त संस्थाले रक्तिमका गीत उत्पादनमा लगानी गर्दै आएको छ भने गाउँको प्रतिभा छनोटमा काम गर्छ । अहिले उक्त संस्थाको भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *