पोखरा रंगशालाको कभर्डहलमा आगलागी
२०७९ असार २६ गते

प्रतीकात्मक तस्वीर
पोखरा । पोखरा रङ्गशालामा आगलागी भएको छ । रङ्गशालाभित्रको कभर्डहलमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
खेल चलिरहेका बेला आगलागी भएको र खेलाडीहरू हतार गरी बाहिर निस्किएका थिए ।
अहिले त्यहाँ ६ ए साइड महिला पुरुष हक्की खेला भइरहेको छ । आगलागी पनि खेल स्थगित भएको छ ।
आगो लाग्ने बित्तिकै दमकल पुगेको बताइएको छ ।
२०७९ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित









