भविश्वर शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी प्रधान चयन

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचारप्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् ।

शनिबार बसेको सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचारप्रसार समिति प्रमुख चयन गर्ने निर्णय गरेको हो । व्यवसायी प्रधान अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी थिए । यद्यपि उनी झिनो मतान्तर पराजित भएका थिए ।

हाल उनीसहित सत्ता गठबन्धनमा रहेका सबै दलका पर्यटन व्यवसायीले भविश्वर शर्मालाई समर्थन गरेका छन् । ५१ सदस्यीय प्रचारप्रसार समितिले पूर्णता पाउन अझै बाँकी छ । आइतबार थप छलफलमार्फत समितिलाई पूर्णता दिइने व्यवसायी प्रधानले  जानकारी दिए ।

परिषद्को आगामी असार ३२ गते हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने पनि व्यवसायी प्रधानले बताए । प्रधान ठमेल क्षेत्रका प्रभावशाली व्यवसायी मानिन्छन् । उनी नेकपा एकीकृत समाजवादीको विशेष प्रदेश कमिटीका सदस्य समेत हुन् ।

हाल ठमेल क्षेत्रमा परिषद्को आसन्न निर्वाचनलाई तरंग सिर्जना भएको छ । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त देखिन्छन् । अध्यक्षका उम्मेदवार शर्माको प्यानलबाट उपाध्यक्षमा सहदेव धमाला, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा सोजेशमान मालाकार उम्मेदवार छन् ।असार २९ गते मात्रै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । परिषद्को अध्यक्षमा नेकपा एमालेका तर्फबाट ध्रुव अधिकारीले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *