बालेनले गरे आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नै तलबबाट यम बुद्धकाे सालिक बनाउने घाेषणा गरेका छन् ।

काठमाडाैँ महानगरले र्‍यापर यम बुद्धकाे सालिक बनाउने निर्णय विवादित बनेपछि मेयर साहले आफ्नै तलबबाट यमकाे सालिक बनाउने घाेषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’

महानगरपालिकाले यम बुद्धकाे सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएकाे थियाे ।

याे पनिः र्‍यापर यमबुद्धको शालिक बनाउन महानगरले छुट्यायो १५ लाख

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *