पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ असार २५ गते

पोखरा । तनहुँको म्याग्देमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका ४ तुरतुरेमा आज बिहान पहिरो खसेको हो ।
शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पोखरा-काठमाडौँ सीधा यात्रा रोकिएको छ । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।
२०७९ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित









