प्रभु र सेञ्चुरी बैंक आपसमा गाभिने अन्तिम तयारीमा

काठमाडौँ । प्रभु बैंक र सेञ्चुरी बैंक आपसमा गाभिने भएका छन् । असार मसान्तभित्रै मर्जरमा जाने सम्झौता गर्ने तयारीमा दुवै बैंक पुगेका हुन् ।

मर्जरमा जाँदा सेयर आदानप्रदान अनुपात (स्वाप रेरियो) प्रभु बैंकको शत प्रतिशत नै रहने र सिभिलको प्रतिकित्ता १०० अंकित मूल्यको सेयर ९५ रुपैयाँमा घटाएर भाभिने गरी छलफल भएको बैंक स्रोतले जनाएको छ । त्यस्तै, गाभिएर बन्ने बैंकको नाम प्रभु नै रहने लगायतका सहमति भएका छन् । मर्जरपछि बैंकको सीईओ समेत अशोक शेरचन बन्नेबारे छलफल भएको छ ।

प्रभुसँग मर्जरका लागि भएको छलफलका सहमतिबारे आन्तरिक छलफल गर्न सेञ्चुरी बैंकको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

यसअघि प्रभु बैंकमा ग्राण्ड र किष्ट बैंक मर्ज भएका थिए ।

यसअघि देखि नै सेन्चुरी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सुझाव दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *