राजासँग माओवादीको कार्यगत एकता थियाे : केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको राजासँग कार्यगत एकता रहेको बताएका छन् ।
माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको बताउँदै ओलीले छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्न माओवादीले युद्ध गरिएको बताएका छन् ।
उनले भने, ‘माओवादीको राजतन्त्रसँग कार्यगत एकता थियो। कम्युनिष्टसँग मुख्य शत्रुता थियो।’
त्यस्तै, उनले २०६२/०६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गरेका छन् ।
‘२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले तयार पारेको ड्राफ्ट पढेका थिए। त्यो एमालेको पार्टी कार्यालय वल्खुको अघि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ। ज्ञानेन्द्रले पढेका त्यही थिए’, उनले भने, ‘दुईटा कुरा गरिएको थियो– एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको छ। अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको छु। अथवा विगठित संसदको पुनःस्थापना गरिएको छ।’








