नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिने

काठमाडौँ । आइएमई ग्रुप नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिने भएको छ । क्रस होल्डिङ स्वामित्व भएका कम्पनीहरु गाभिनु पर्ने नियम बीमा समितिले बनाएपछि आइएमई ग्रुप नेपाल इन्स्योरेन्सबाट बाहिरिने भएको हो ।

आइएमई ग्रुपअन्तर्गतका आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङले नेपाल इन्स्योरेन्स कम्पनीमा सेयर लगानी गरेका छन् । ग्रुपका ती तीनै कम्पनीले सेयर स्वामित्व बिक्री गर्ने भएका हुन् ।

आइएमई ग्रुपमा यी ३ कम्पनीले नेपाल इन्स्योरेन्समा कुल २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर लिएका थिए । ती कम्पनीले होल्ड गरेका प्रतिकित्ता ३२५ रूपैयाँका दरले सेयर बिक्रीमा राखिएको छ । उक्त कम्पनीहरुको सेयर किन्न सर्वप्रथम संस्थाक सेयरधनीले पाउने छन् । संस्थापक सेयरधनीले किनेर बाँकी रहेको सेयर मात्रै अन्यले किन्न पाउने छन् ।

सेयर खरिदका लागि इच्छुकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर कित्ताको व्यहोरा खुलाई केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *