मेयरले सुटुक्क जग्गा भाडामा लगाएपछि अख्तियारले माग्यो कागजात

पोखरा । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका तत्कालीन मेयर मानबहादुर जिसीले अपारदर्शी ढंगबाट ६३ रोपनी जग्गा निजी क्षेत्रलाई लामो अवधिका लागि ठेक्का लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो लिएको छ ।

पोखरास्थित आयोगको कार्यालयले नगर विकास समितिको नाममा पत्र काटेर सम्झौता पत्र, कर्मचारीको नियुक्ति र भत्ताको विवरण १५ दिनभित्र पठाउन भनेको छ ।

कार्यालयले विना विज्ञापन करारमा ४ जना आफन्त नियुक्ति गरेको, कार्यालय प्रयोजनका सवारी साधन आफू अनुकूल व्यक्ति वा संस्थालाई दिने गरेको, पोखरा पर्यटन बसपार्कमा रहेका सटर तथा बसपार्कको भाडा आफू अनुकूल प्रयोग गर्ने गरेको, कार्यालयमा हुने टीएडीए लेखापाल रामजी जिसी र हलुका सवारी चालक सन्तोषसँग मिलेर आफै लिने गरेको उजुरी अख्तियारमा परेको छ ।

सबै कागजात तुरुन्त उपलब्ध गराउन अख्तियारले भनेको छ । ४ जना कर्मचारीको तलब पेरोल, चालू आर्थिक वर्षभित्र गाडी मर्मतमा भएको खर्च, पर्यटन बसपार्कमा रहेका सटर तथा बसपार्कको भाडा सम्झौता मागेको हो । मेयर जिसीले पदावधि सकिनु दुई दिनअघि पोखराका महत्त्वपूर्ण सरकारी जग्गा मेयर मानबहादुर जिसीले सुटुक्क निजी क्षेत्रलाई ठेक्कामा दिएपछि चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *