सुदूरपश्चिम एकेडेमीका विद्यार्थीलाई बैंकिङ सचेतना

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

सहभागि करिब ३ सय भन्दा बढी विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था तिनीहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी गराएका थिए । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन गरे ।

नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गराए ।

प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले वित्तीय कारोबार अझ त्यसमा पनि डिजिटल बैंकिङका धेरै सहजता हुँदा हुँदै जोखिमहरु पनि रहेकाले सचेत भएर प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले बिद्यार्थीले विद्यार्थीहरुले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *