सिभिल बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौँ । सिभिल बैंकका ग्राहकले पोखरास्थित चरक मेमोरियल हस्पिटलको सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई सेवामा विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने छन् ।

बिहीबार एक कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *