निलम्बित नेवानि अध्यक्ष अधिकारीलाई काममा फर्काउन सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) का निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियमित काम गर्न दिन सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो । २८ असारमा अर्को पेशी राख्दै अदालतले तत्कालका लागि काम गर्न दिन आदेश दिएको हो ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूसँग विवाद भएपछि अधिकारीलाई निलम्बन गरेका थिए ।

६ असारमा निलम्बनमा परेका अधिकारी त्यसपछि उक्त निलम्बन विरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

सरकारले ९ असारदेखि निगमका वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचनलाई अस्थायी रुपमा महाप्रन्बन्धकको जिम्मेवारी दिएको थियो ।

यस्ताे छ फैसला 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *