साझाका ३ बिजुली बस सञ्चालनमा, थप ३७ बस साउनमा आउने

काठमाडौँ । साझा यातायातले ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकमा रहेको साझा यातायात परिसरमा बिहीबार एक समारोहका बीच साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले विद्युतीय बस सेवाको शुभारम्भ गरेका हुन् ।

सञ्चालनमा आएका ३ मध्ये दुई ओटा बस नयाँ बसपार्क–बालाजु–रत्नपार्क–बानेश्वर हुँदै एयरपोर्ट रुटमा चल्नेछन् । एउटा बस लगनखेल–लैनचौर–बाँसवारी हुँदै बुढानीलकण्ड रुटमा चल्ने छ ।

यी तीनओटै बसमा चालक र सहचालक महिला रहने कम्पनीले जनाएको छ ।

विद्युतीय बसलाई परीक्षणका रुपमा अहिलेलाई ३ ओटा मात्रै सञ्चालनमा ल्याइएको बताइएको छ ।

पहिलो चरणमा साझाले ४० थान विद्युतीय बस किनेको छ । यी मध्ये ३७ ओटा बस आउँदो साउनसम्ममा भित्र्याउने कम्पनीले जनाएको छ ।

तीन चरणमा विद्युतीय बस किनेर सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । हाल छोटो दूरीको बस सञ्चालनमा ल्याएको साझाले अर्को चरणमा लामो दूरीमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने जनाएको छ ।

सरकारले विद्युतीय बस किन्नका लागि साझालाई २०७६ असारमा तीन अर्ब रुपैयाँ लगानी गरेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *