अर्थसचिव मरासिनी काममा फर्किए

काठमाडौँ । अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्मका लागि भन्दै विदामा बसेका सचिव शर्माको राजीनामापछि बिहीबारबाट काममा फर्किएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी लिएर काममा फर्किन मरासिनीलाई निर्देशन दिएपछि उनी काममा फर्किएको बुझिएको छ ।

बुधबार दिउँसोदेखि उनी बिदामा बसेका थिए । बिहीबार भने उनी कार्यालय आएका हुन् ।

प्रधानमन्त्री देउवाले सचिव मरासिनीलाई अर्थमन्त्री शर्माबारे छानविनका लागि बनेकाे समितिलाई सघाउनसमेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *