सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ बिन्दुमा ओलिएको छ ।

कारोबार रकम समेत घटेको छ । यस दिन कुल १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६४ रुपैयाँमा कुल ४७ लाख ११ हजार २५ कित्ता सेयर कारोबार भयो ।

यस दिन १५७ कम्पनीको सेयर मूल्य घटेको छ । २९ कम्प्नीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन म्युचुअल फण्ड बाहेकका अरु सबै समूहगत उपसूचक समेत ओरालो लागेका छन् । यस दिन आरबीबी म्युचुअल फण्ड १, माउन्टेन हाइड्रो नेपाल, सिटिजन्स म्युचुअल फण्ड २, नारायणी डेभलपमेन्ट बैंक, बिओके डिबेन्चरलगायत कम्पनी तथा धितोपत्रको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *