निर्वाचनमा भाग लिँदैनौँ, दलालहरूलाई प्रतिबन्ध गर्छौं : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासँग सँगै रहने र निर्वाचनमा भने भाग नलिने बताए । उनले जनताका मुद्दाहरूलाई अघि बढाउनका लागि क्रान्तिकारी मोर्चाको विषयमा छलफल गर्ने बताए ।

त्यस्तै, उनले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागू हुन नदिने चेतावनी दिए । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाई छ ।

उनले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे । उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरूसँग लाखौँ रुपैयाँ धरौटी मागेकोप्रति आपत्ति जनाए ।

उनले विप्लव राजासँग सेनालाई मिलाएर अरू पार्टीलाई प्रतिबन्ध लगाउने तयारीमा रहेकाे केही नेताले भन्ने गरेको आफूले सुनेको भन्दै देशहित विपरीत काम गर्नेलाई प्रतिबन्ध नै लगाउने जिकिर गरे ।

विप्लवले जनताले पूर्ण रूपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =