जग्गा प्रकरणमा पूर्व मेयर जिसीले भने- पाेखराकाे अहित हुनेगरी कुनै काम गरेकाे छैन

पोखरा । सुटुक्क ६३ रोपनी जग्गा निजी क्षेत्रलाई सुम्पिएर विवादित बनेका पूर्व मेयर मानबहादुर जिसीले आफूले महानगरकै हितका लागि ठेक्का लगाएको दाबी गरेका छन् ।

भाडामा दिएपछि चौतर्फी आलोचित भएका उनले बुधवार विज्ञप्ति मार्फत प्रष्टीकरण दिएका हुन् । ‘भाडामा लगाएको विषयमा आएका समाचार र टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ । सेटिङ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार हो,’ उनले भने, ‘जग्गा भाडामा लगाउँदा कानुनी त्रुटि भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छ ।

नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो ।’

याे पनिः जग्गा प्रकरणमा पूर्व मेयर जिसीले भने- पाेखराकाे अहित हुनेगरी कुनै काम गरेकाे छैन

आफू निर्वाचित हुनुअघि ठाडो तोकादेशमा जग्गा भाडामा लगाउने प्रवृत्तिको अन्त्य गर्दै आफूले प्रचलित कानुनलाई टेकेर भाडामा लगाएको उनको दाबी छ ।

‘पहिले ठाडो तोकादेशमा भाडा लगाइन्थ्यो । मैले त्यस्ता प्रवृत्तिको अन्त्य गर्दै प्रचलित कानुनको अधीनमा रही प्रतिस्पर्धाका आधारमा जसले बढी भाडा दिन कबुल गर्छ उसैलाई सर्त सहितको नियममा टेकेर भाडामा लगाएको हुँ,’ विज्ञप्तिमा भनिएको छ ।

विगतमा लगाइएको भाडा बापतको आम्दानी र अहिलेको आम्दानी हेरेर समाचार लेख्न सञ्चारमाध्यमलाई जिसीले अनुरोध गरेका छन् । उनले पोखरेली नागरिकको अहित हुने गरी कुनै काम नगरेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =