चन्द्रागिरी केबलकारमा अड्किए राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना चढेको चन्द्रागिरी केबलकार अड्किएको छ ।

अध्यक्ष तिमल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो । उनी चन्द्रागिरि डाँडामा जाँदै गर्दा केबलकार अड्किएको थियो ।

विद्युत् आपूर्तिमा समस्या आउँदा केबलकार बीचमै अड्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केहीबेर अड्किएपछि केबलकार अघि बढेको थियो ।

विद्युत् आपूर्तिमा समस्यादेखिएपछि आधाघण्टासम्म केबलकारमा बीचमै यात्रुहरु अड्किएका छन् ।

प्राविधिक समस्या देखिएपछि केबलकार आफैँ रोकिएकाे र उक्त समस्या पत्ता लगाउन समय लागेकोले १५ मिनेट जति यात्रुलाई समस्या परेकाे चन्द्रागिरि केबलकार कम्पनीले जनाएको छ ।

केबलकार अहिले सूचारू भइसकेकाे समेत कम्पनीले जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *