नेप्सेमा १३ अंकको सुधार

काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेको छ ।

यस दिन २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रुपैयाँमा ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सीवाईसी नेपाल लघुवित्त, तेह्रथुम पावर कम्पनी, सिभिल बैंक लिमिटेड, रिलायन्स फाइनान्सलगायत कम्पनीको सेयर मूल्य बढेको सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *