उपहार याेजनाअन्तर्गत डिशहोमद्वारा विजेतालाई दुई लाख वितरण

काठमाडौँ । ‘एक वर्षमा २४ महिना’ योजना अन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई एक/एक लाख रुपैयाँ वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।

काठमाडौँ बालुवाटार निवासी डा. वेदप्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमा एक÷एक लाख रुपैयाँ जित्न सफल भएका थिए ।

एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत् आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *