अजोड इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान र खाद्यान्न सहयोग

काठमाडौँ । अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँको टोखा नगरपालिका–९ गोंगबुस्थित हिमालयन वृद्ध आश्रमका ४३ जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयूक्त रुपमा वृद्धआश्रमकी अध्यक्ष सरला पन्थीलाई सहयोग सामग्री हस्तान्तरण गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *